दिघा (पश्चिम बंगाल): दिघाको माछा लिलामी केन्द्रमा फेरि एकपटक दुर्लभ तेलिया भोला माछाले सबैको ध्यान आकर्षित गरेको छ। २१ किलो तौल भएको यो माछाको मूल्य २ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ। लिलामीमा २ लाख १६ हजार रुपियाँमा बिक्री भएकोले ट्रलर मालिकले राम्रो आय आर्जन गरे। यो माछा ओडिशामा ट्रलरमा समातिएको थियोl आफ्नो विशेष प्रजाति र तौलका कारण यो माछा सबैको आकर्षणको केन्द्र बिन्दु बन्यो। यो माछाको महँगो मूल्यले यसलाई भाग्य बदल्ने सम्झौता मान्ने स्थानीय जालहारी र व्यापारीहरूमा निकै कौतुहलता सृजना भएको छ।