पिटबुलले बालकको ज्यानै लियो, मालिक विरुद्ध प्राथमिकी दायर

00-1-PItbull-Rep-image-copy

 गोवा: गोवाको अन्जुना गाउँमा पिटबुल प्रजातिको कुकुरको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। पुलिसका अनुसार प्रभास कालाङगुटकर (७) आमासँग हिँडिरहेका बेला एक्कासी पट्टा नलिई घुमिरहेको पिटबुलले आक्रमण गरेको हो। कुकुरका मालिक अब्दुल कादर ख्वाजाविरुद्ध लापरवाही गरेको आरोपमा प्रथामिकी दर्ता गरिएको अन्जुना पुलिस चौकीका इन्स्पेक्टर सुरज गावसले बताए। घटना पछि, घाइते बालकलाई गोवा मेडिकल कलेज र अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भयो। पीडितकी आमा घरेलु कामदारको रूपमा काम गर्छिन् र घटनापछि गहिरो स्तब्ध छिन्। गोवाका पशुपालनमन्त्री नीलकान्त हलर्नकरले भने  कि राज्य सरकारले आक्रामक कुकुर नस्लहरूको प्रजननमा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो, तर मालिकहरूले अदालतबाट राहत पाए। मन्त्रीले यो विषय मुख्यमन्त्री प्रमोद सावन्तसँग उठाउने बताए, ताकि हिंस्रक कुकुरमाथि प्रतिबन्ध लगाउने र तिनको व्यवस्थापनका लागि कडा निर्देशन लागू गर्न सकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement