कोचबिहार: कोचबिहारको ब्लक नम्बर २ को साउथ ताका क्षेत्रमा शुक्रबार बिहान एउटा अजिंगर फेला परेको छ। समाचारअनुसार बिहान एक व्यक्तिको घरको भित्र टिनको छानामा अजिंगर देखे। यो खबर फैलिने बित्तिकै स्थानीय मानिसहरू अजिंगर हेर्न भेला भए। स्थानीयले यसबारे वन विभागलाई जानकारी गराए। वन विभागका कर्मचारी घटनास्थल पुगेर अजिंगरलाई उद्धार गरी आफूसँगै लगे।