सिलगढी: विद्यालयको एक श्रेणीकोठामा एकजना युवकको झुन्डिएको अवस्थामा लाश उद्धार भएपछि इलाकामा आतंकको माहोल श्रृजना भएको छ। यो घटना सिलगढीको घोगोमाली बालिका विद्यालयमा भएको हो। आज बिहानै विद्यालयको समय भएपछि विद्यालय खोल्दा एउटा श्रेणीकोठा बन्द देखिएपछि शिक्षकहरूलाई शंका उत्पन्न हुन्छ।यसपछि यसको जानकारी उनीहरुले अशीघर आउट पोस्ट पुलिसलाई जानकारी दिए। यो जानकारी प्राप्त गरेपछि तत्कालै पुलिसले घटना स्थलमा पुगेर दैलो भत्काएर हेर्दा आलोक दास नामक युवक झुन्डिएको अवस्थामा भेट्टाए। उक्त मृतक व्याक्ति गंगारामपुर निवासी रातिको समय स्कुलमा सुरक्षा गार्डको रूपमा काम गर्थे। यसको साथै तिनी दिनमा एउटा सुनको दोकानमा पनि काम गर्थे। पुलिसले छानबिन अवधि घटनास्थलबाट कुनै सुसाइट नोट फेला नपारेको बताइएको छ। पुलिसले शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाए। विद्यालय टीचर इञ्चार्ज देबयानी घोष दासले दिएको जानकारी अनुसार मृतक युवकले गत तीन-चार महीना अघिदेखि स्कुलमा रातिको सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए। घटना सुनेर विद्यार्थीहरू डराएकोले गर्दा आज स्कुल छुट्टी गरिएको पनि बताए।