सिलगढी: नयाँ जलपाईगढी पुलिसले काँचो स्प्रिटसहित एक महिलालाई पक्राउ गरेको छ। एनजेपीले भारत–नेपाल सीमामा रहेको पानी ट्यांकीबाट काँचो स्प्रिट स्टेशन क्षेत्रमा बिक्रीका लागि ल्याएको खुलेको छ। यसअघि गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा नयाँ जलपाईगढी थानाको पुलिसले एनजेपी नेताजी मोड क्षेत्रमा छापा मारेर एक महिलालाई रंगेहात पक्राउ गरेको थियो। ती महिलाको नाम गीता शैव्य बतैएको छ। उनी नक्सलबारीकी बासिन्दा हुन्। पानीट्यांकीबाट करिब ३७ लिटर काँचो स्प्रिट बिक्रीका लागि आएको थियो। पुलिस स्रोतका अनुसार उनी लामो समयदेखि यस प्रकारको अवैध व्यवसायमा संलग्न रहेको भन्दै आज उनलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।