कोचबिहार: कोचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका परीक्षा नियन्त्रकले परीक्षाको नतिजाको बारेमा पत्रकार सम्मेलन गरे। यहाँ उपस्थित विश्वविद्यालयका परीक्षा नियन्त्रकका सदस्यहरूले यस वर्षको यूजी सीबीसीएस छ सेमेस्टर अनर्स परीक्षा २०२४ मा कूल ४ हजार १८१ परीक्षार्थी रहेकोमा ३ हजार ५५१ परीक्षार्थी उत्तीर्ण भएको बताए। महिला उम्मेदवारहरूको संख्या २५१३ थियो, जसमध्ये २१७० उत्तीर्ण भए, यसबाहेक पुरुष उम्मेद्वारहरूको संख्या १६६८ र तीमध्ये १३४१ उत्तीर्ण भए। यस पछि युजी सीबीसीएस छ सेमेस्टर कार्यक्रम परीक्षा २०२४ मा कुल उम्मेद्वारहरूको संख्या ७३०० थियो, जसमध्ये ३२६१ उत्तीर्ण भए। ३९१२ महिला उम्मेदवार रहेकामा १७२२ जना उत्तीर्ण भएका छन्। ३३८८ पुरुष उम्मेदवार थिए जसमध्ये १५३९ उत्तीर्ण भएका थिए।