सिलगढी: सिलगढीको भोलानाथ पाडामा नवजात शिशुको शव भेटिएपछि पूरै क्षेत्रमा सनसनी फैलिएको छ। नवजात शिशुको शव यहाँ कसरी आयो र कसले यहाँ छाडेर गएको कसैले बुझ्न नसकेको स्थानीयले बताएका छन्। घटनाको खबर प्राप्त हुनासाथ आशिघर थानाको पुलिस घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।