जेकब ओरम न्यूजील्याण्डको बलिंग प्रशिक्षक नियुक्त

IMG-20240829-WA0244

नेपियर: न्यूजील्याण्ड क्रिकेट (एनजेडसी) – ले भारत यात्राअघि पूर्व अलराउण्डर जेकब ओरमलाई पुरुष टीमको बलिंग प्रशिक्षक नियुक्त गऱ्यो। ओरमले ७ अक्टोबरदेखि आफ्नो कार्यभार ग्रहण गर्नेछन्। राष्ट्रिय टीममा नयाँ जिम्मेवारी पाएपछि ओरमले भने, म ब्याक क्याप्स (न्यूजील्याण्ड टीम)-मा फेरि जोड़िने मौका पाएर साँच्चै उत्साहित छु। म यस्तो टीममा सामेल हुन गइरहेको छु, जुन मेरो जीवनको एउटा ठूलो हिस्सा रहिसकेको छ अनि यो सम्मानको कुरा हो। ओरमले साल २०१४-मा न्यूजील्याण्ड ए टीमको साथ आफ्नो कोचिंग करियरको शुरुवात गरेका थिए अनि पछिबाट २०१८-मा न्यूजील्याण्ड महिला क्रिकेट टीमका बलिंग प्रशिक्षक बनेका थिए। उनलाई पछिबाट सेण्ट्र हिण्ड्सको मुख्य प्रशिक्षक बनाइएको थियो अनि उनको टीम सुपर स्म्याश फाइनलमा पुगेको थियो। ओरम अबु धाबी टी-१०-मा सहायक प्रशिक्षक अनि एसए-२०-मा एमआई केपटाउनका बलिंग प्रशिक्षक रहेका थिए। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा न्यूजील्याण्डको तर्फबाट जम्मा २२९ वटा म्याच खेले। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६ शतक र २१ वटा अर्द्धशतकको साथ जम्मा ४६८८ रन बनाए। यसरी नै बलरको भूमिकामा उनले २५२ विकेट पनि हासिल गरे। ब्याट र बलको साथ उपयोगी ओरम आफ्नो करियरमा टीमको महत्त्वपूर्ण खेलाड़ी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement