गान्तोक: पाकिमका जिल्लापाल आगवाने रोहन रमेश, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटियाको पहलमा आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एउटा बैठक सम्पन्न भयो। बैठकमा जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकमा इलेक्ट्रोनिक्स भोटिङ मशिन (इभीएस) स्थान्तरण अनि भोटर भेरिफायएवल पेपर अडिट ट्रायल्स गान्तोकको जिल्ला प्रशासनिक केन्द्रमा स्थान्तरण गरिनेबारे छलफल गरिएको थियो । यसबाहेक विशेष सारांश संशोधन (एसएसआर) सम्बन्धी पूर्व-संशोधन गतिविधिहरूबारे संक्षिप्त रूपमा छलफल गरियो।
बैठकमा जिल्लापाल रमेशले घर-घर सर्वेक्षण गर्दा मतदाता नामावलीको विश्वसनीयता कायम राख्न बुथ लेभल अफिसर (बीएलओ) को महत्त्वपूर्ण भूमिका रहेको जानकारी गराए। यसरी नै बैठकमा निर्वाचन विभागका उपसचिव रघुनाथ छेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।