राजगञ्ज: सीपीएमले कोलकाता आरजी कर काण्डमा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै र्याली निकाल्यो। यो र्याली राजगञ्ज ब्लकको सन्यासिकटा ग्राम पञ्चायतको लाल स्कूल बालाबारीबाट बिहीबार निकालिएको थियो। र्यालीमा महिला, पुरुष तथा बालबालिकाको समेत सहभागिता रहेको थियो। उल्लेखनीय छ, आरजी कारमा महिला डाक्टरको बलात्कार र हत्याको घटनाले राज्यभर नै हलचल मच्चाएको छ। घटनाको देशभर विरोध भइरहेको छ। यसै क्रममा आज सीपीएमको राजगञ्ज एरिया कमिटीले र्याली निकालेको छ। यस दिन सीपीएम कार्यकर्ता र समर्थकहरूले दोषीहरूलाई कडा सजायको माग गर्दै आवाज उठाए।