हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले यसपालीको चियाबारी श्रमिकहरूको बोनस एकै किस्तामा बीस प्रतिशतभन्दा कम नमान्ने

IMG-20240829-WA0199

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले यसपाली चियाबारी श्रमिकहरूको बोनस बीस प्रतिशतभन्दा कम नमान्ने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ अनि सचिव भक्तिमान तामाङले यसपाली चियाबारी श्रमिकहरूको पूजा बोनसलाई पहिलो बैठक आगामी २ सेप्टेम्बरमा बोलाइएको बताउँदै उक्त बैठक बोलाउन भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पहल रहेको बताएका छन्। दुवैले बताए अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समितिले पहाड़को ८७ वटै बगानका युनिट कमिटीहरूलाई यसपालीको चियाबारी श्रमिकहरूको बोनस बीस प्रतिशत एकै किस्तामा दिनुपर्छ भनेर मांग गर्दै पत्राचार गर्ने निर्देशन जारी गरेका थिए। उक्त निर्देशनलाई पालन गर्दै ८० प्रतिशत युनिट कमिटीहरूले यसपाली चियाबारी श्रमिकहरूको पूजा बोनस एकै किस्तामा बीस प्रतिशत दिनुपर्छ भनेर पत्रचार गरेका थिए। त्यसैको आधारमा डीटीएले पूजाको लागि पहिलो बैठक २ सेप्टेम्बरमा दार्जिलिङमा बोलाएको जुन युनियनको सफलता हो भनी बताएका छन्। उक्त बैठकमा पहाड़को पञ्जीकृत युनियनकाहरूबाट सभापति र सचिव उपस्थित हुने र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट केन्द्रीय अध्यक्ष र केन्द्रीय महासचिव बैठकमा उपस्थित हुने भएको जानकारी गराएका छन्। दुवैले उक्त बैठकमा यसपालीको चियाबारी श्रमिकहरूको पूजा बोनस एकै किस्तामा बीस प्रतिशत दिनुपर्छ र बीस प्रतिशतभन्दा कम बोनस नमान्ने युनियनले टेक लिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement