शिवखोलामा पर्यटकहरूको लागि साथै स्थानीयहरूका रोजगारको लागि पञ्चायत समितिबाट विभिन्न परियोजनाहरूको शिलान्यास

IMG-20240829-WA0196

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट तीनधारे महानदी समष्टिको शिवखोला क्षेत्रमा ग्रामीण पर्यटन र यहाँ आउने पर्यटकहरूको लागि साथै स्थानीयहरूका लागि रोजगारको अवसर सिर्जना गर्नलाई विभिन्न परियोजनाको शिलान्यास गरिएको छ। उक्त शिलान्यास अन्तर्गत पहिलो चरणमा फिफ्टिन फाईनेन्स र राष्ट्रिय ग्रामीण स्वरोजगार योजना अन्तर्गत शिवखोलामा रहेको दागोपापकालको टुरिस्ट लजको मरमत्ति, पिउने पानीको सुविधा, वाटर पार्क निर्माण, कुटिर निर्माण आदिको कार्यको लागि शिलान्यास गरिएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिकै दुई नम्बर लुपको सुन्दरीकरण र स्काई वार्क र रंगटङ्गमा ‘आई लभ रंगटङ्ग’ को बोर्ड जड़ान आदि कार्यको पनि यहाँबाट नै शिलान्यास गरिएको छ। उक्त शिलान्यासको कार्य खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती र खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापाको बाहुलीबाट नरिवल खुटाएर साथै पञ्चायत समितिको सदस्य सदस्यहरू बसेर बौध्द धर्म अनुसार पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। यसको साथै शिलान्यास कार्यको दोस्रो चरणमा शिवखोलास्थित लजमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता स्थानीय पञ्चायत समिति सदस्या अनिरा तामाङको अध्यक्षतामा सम्पन्न भएको छ भने प्रमुख अतिथिको रुपमा खरसाङ खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान उपस्थित थिए। पञ्चायत समिति सदस्य एंव कर्माध्यक्ष भक्तिमान तामाङले सञ्चालन गरेको कार्यक्रममा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, जोइन्ट बीडीओ फ्रान्सो ताम्लो, खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, खरसाङ खण्ड विकास कार्यालयबाट प्रभात गजमेर आदिले वक्तव्य राखेका थिए। शिवखोला क्षेत्रमा ग्रामीण पर्यटनलाई अझ अघि लान र स्थानीयहरूलाई रोजगारको अवसर सिर्जना गर्नलाई शिवखोला क्षेत्रमा खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट विभिन्न कार्यहरू गरिने र यस कार्यहरू विषयमा वक्ताहरूले वक्तव्य राखेका थिए।

कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, खरसाङ खण्ड पञ्चायत समितिको नौजना कर्माध्यक्षहरू, पञ्चायत समिति सदस्य सदस्याहरू, शिवखोला ग्राम पञ्चायतको पञ्चायत सदस्यहरू, भागोप्रमो पार्टी प्रतिनिधिहरू र स्थानीयहरू उपस्थित रहेका थिए। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement