खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे केन्द्रीय अध्यक्ष अनित थापाद्वारा संगठलाई सुदृढ बनाउन चिमनी देउराली २८ नम्बर समष्टि अनि गिद्धे पहाड़ २९ नम्बर समष्टिकाे निम्ति केन्द्रीय समिति सदस्य समीरदीप ब्लोन अनि खरसाङ महकुमा समिति अध्यक्ष सुवास प्रधानलाई सांगठनिक गतिविधिको सम्पूर्ण रिपोर्ट तयारी गरी केन्द्रिय समितिमा बुझाउन भनी पर्यवेकक्षक नियुक्त गरेपछि खरसाङ टाउन कमिटीकोे तत्वधानमा वार्ड नम्बर १ देखि वार्ड नम्बर २० सम्म सांगठनिक सभा निरन्तर रूपमा भईरहेको छ। यसै क्रममा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा वार्ड नम्बर १७ काे सांगठनिक सभा सम्पन्न भयो। वार्ड नम्बर १७ का पूर्व पार्षद मोहन राईकोे अध्यक्षतामा भएको यस सभाकोे सञ्चालन आनन्द गुरुङले गरेका थिए। सभामा वक्तव्य राख्ने क्रममा सर्वप्रथम टाउन कमिटी युवा शक्तिका मूल सचिव बन्धन लामाले मूख्य रूपमा युवाहरू कुनै पनि संगठनकोे मेरुदण्ड हुन्छ तर युवा शक्तिलाई सधैं नै कार्य गर्नु गाह्रो हुन्छ। तर पनि युवाले आफ्नो गर्नु पर्ने कार्य गरी नै रहेकाे बताए। सभामा खरसाङ टाउन कमिटी नारी शक्तिको सभापति देवकी सुब्बा प्रधानले उपस्थित नारीहरूलाई यसरी वृहत मात्रामा उपस्थित भएकोमा धन्यवाद दिन्दै संगठनमा नारीहरूकाे ठूलो योगदान हुन्छ र सत्र नम्बर वार्डका नारीहरुलाई आउँदो सबै कार्यक्रममा उपस्थित भइदिने आग्रह गरिन्। सभामा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले सभामा उपस्थित सम्पूर्ण नेतृत्त्वहरुसँग परिचय गराउँदैं अनित थापाकाे कुशल नेतृत्वलाई स्वीकार गरेर सबैले विभिन्न स्तरमा नेतृत्त्व गरी रहेका छौं र संगठनलाई बलियाे बनाउन हेतु आगामी ९ सेप्टेम्बर २०२४ मा मिरिकमा मनाइने स्थापना दिवसमा भारी मात्रामा खरसाङबाट जाने र प्रत्येक जाने गाड़ीमा पार्टीद्वारा आज उपलब्ध गराई दिएको पार्टीको झण्डा अनिवार्य रूपमा लगाई दिने आग्रह गरे। सभामा खरसाङ महकुमा समितिका अध्यक्ष तथा पर्यवेक्षक सुवास प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा भईरहेकाे पहाड़को सर्वांङ्गीन विकाशको निम्ति आईटी हब, शिक्षित यूवा युवतिकोे निम्ति युपीएससी फ्री कोचिङ लगायत अस्पतालको समस्या समाधान हेतु नयाँ अस्पताल लगायत खरसाङमा खाने पानीको समस्या समाधान हेतु विभिन्न जगामा रिजर्व बनाउने कार्यहरूको साथै विगतमा जति पनि एचएफए घर बनाउनको निम्ति पाउनु पर्ने रहल किस्ती पनि शीघ्र नै सोझै अकाउन्टमा जमा गर्ने व्यवस्था भै रहेकाे जानकारी दिए। महकुमा समिति युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरुङ्गले हामी हाम्रो समस्याकोे निम्ति हामी आफै निस्किनुपर्छ र त्यसको निम्ति प्रत्येक वार्डका प्रतिनिधिहरु एकत्रित भएर संगठनलाई बलियाे बनाउनु पर्छ भनी बताएका छन्। केन्द्रीय समितिको सदस्य तथा पर्यवेक्षक समीरदीप ब्लोनले पार्टीकोे धरातल मजबूत बनाउन हेतु सबै सबैले निष्ठापूर्वक कार्य गर्नु पर्नेछ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो चुनाव चिन्ह दुईवटा मोमबत्तीमा जीटीए अनि पञ्चायत चुनाव लड़े अनि भारी मतमा जितेर जनताकोे हितमा कार्य गरिरहेको बताएका छन्। उनले विगत एमपीकोे चुनावमा बंगालकोे सत्तारूढ पार्टीलाई एलायन्स पार्टीकोे धर्म निभाएर हामीले सकाएका थियौँ। जसमा हार भयो जून भागोप्रमोकोे हार हाेइन। यसको निम्ति हामी निराश हुनु हुँदैन भन्दै केन्द्रीय अध्यक्ष अनित थापाले हर घरमा झण्डा भनेर दिएको निर्देशनलाई पालन गर्दै सबै सबै घरको धुरीमा झण्डा लगाई दिने आग्रह पनि गरे।









