पश्चिम बंगाल पञ्चायत कर्मचारी युनियनको संयुक्त समितिले विभागीय परिषदलाई ज्ञापनपत्र बुझायो

vlcsnap-2024-08-29-16h14m18s196

सिलगढी: आरजी कर घटनालाई लिएर देशभर हंगामा मच्चिएको छ, नारा एउटै छ ‘वी वान्ट जस्टिस’। बिहीबार पनि यस घटनाको विरोधमा राज्यभरि लाखौं मानिस सडकमा उत्रिएका छन् भने आज पश्चिम बंगाल पञ्चायतका कर्मचारीहरूले आरजी करको विरोधमा प्रदर्शन गरेका छन् प्रदर्शनकारीहरूले सिलगढी विभागीय परिषदको  कार्यालयमा चार बुँदे मागहरू लिएर जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए। पश्चिम बंगाल पञ्चायत कर्मचारी युनियनको संयुक्त समितिका अध्यक्ष सञ्जय आचार्यले मुख्य दोषीलाई कारबाही गर्न, सरकारी सुरक्षाको प्रत्याभूति गर्न, महिला कर्मचारी, अस्थायी कर्मचारीलाई नियमित गर्न र बक्यौता महँगाई भत्ता तत्काल भुक्तानी गर्न माग गरेका छन्। कुनै पनि अप्रिय घटना हुन नदिन सिलगढी महकुमा परिषदमा ठूलो संख्यामा पुलिस तैनाथ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement