चोरीका सामानसहित पक्राउ

IMG-20240829-WA0166-copy

सिलगढी: फुलबारी नजिकैको बटालियन मोड क्षेत्रमा रहेको सवारी साधनको पार्टपुर्जा पसलबाट धेरै सवारीसाधन चोरी भएको छ। यस घटनापछि पसल मालिकले नयाँ जलपाईगढी पुलिस स्टेशनमा लिखित उजुरी दिएका छन्। उजुरीका आधारमा सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगढी थानाको पुलिसले अनुसन्धान शुरु गरेको थियो। अन्ततः बुधबार राति पुलिसले प्रकाश देव नामका आरोपीलाई फुलबारी पूर्वी धन्तला क्षेत्रबाट पक्राउ गरेको हो। उनीसँग सोधपुछ गर्दा चोरीका सबै सामान बरामद भएको थियो। उनले नयाँ जलपाईगढी थानाको कश्मीर कोलोनी क्षेत्रको जंगलमा चोरीको सामान लुकाएर राखेका थिए, पुलिसले त्यहाँबाट चोरीको कारका सबै भागहरू बरामद गरेको थियो। पक्राउ परेका प्रकाश देवको घर सिलगढीको मिलनपल्ली क्षेत्रमा रहेको छ। पक्राउ परेका अभियुक्तलाई आज जलपाईगढी जिल्ला अदालतमा पेश गरिएको छ। सिलगढी महानगरीय पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement