सिलगढी: एसएसबीले नेपाल–भारत सीमामा विशेष अपरेशन गरी चारजना भरुवा बन्दुकसहित पक्राउ गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि बुधबार राति एसएसबी न० ४१ गणका जवानले सीमावर्ती पानीट्यांकी फ्लाईओभर क्षेत्रमा छापा मारेका थिए। घटनामा पिकअप भ्यानमा खोजी गर्दै एसएसबीले एक थान देशी पेस्तोल बरामद गरेको छ। एसएसबीले घटनामा संलग्न चार जनालाई पक्राउ गरी खरीबारी पुलिसको जिम्मा लगाएको छ। पक्राउ पर्नेमा विकास दास, नारायण दास र श्यामल रोय सबै जलपाईगुडी जिल्लाको मालबजार क्षेत्रका र चन्दन रोय धुपगुडीका बासिन्दा हुन्। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ। खोरीबारी पुलिस चौकीले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर यस घटनामा अरु को को संलग्न रहेको छ भनी अनुसन्धान गर्नेछ।