मुख्यमन्त्री ममता ब्यानर्जीले दिए प्रधानमन्त्री मोदीलाई चेतावनी

CM-Mamta-Banerjee-4-copy-4

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार बंगलादेश बंगलादेश नभएको बताइन्। राज्य विगत नौ वर्षयताकै उच्च अशान्तिको सामना गरिरहेको बेला उनले यस्तो बताइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगोसँग नखेल्न आग्रह गरिन्l ९ अगस्तमा आरजी कर अस्पतालमा जुनियर डाक्टरको दुष्कर्म र हत्या पछि जे भए पनि भाजपाको पछाडि रहेको संकेत गरिन्। उनले भनिन्, ‘भाजपाले आफ्नो सरकारलाई पतन गर्न खोजिरहेको छ।‘ कोलकाताको मेयो रोडमा तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री मोदी आगोसँग खेल्ने हो भने यो आगो बंगाललाई मात्र नभई दिल्लीसम्म पुग्ने बताइन्। उनले र्‍याली आरजी कर दुष्कर्म -हत्या पीडितलाई समर्पण गर्दै यस्ता अपराधका लागि दुष्कर्म विरुद्धको कानून ल्याउन १० दिनभित्र संसदको विशेष अधिवेशन बोलाउने प्रतिबद्धता जनाइन्। यस कानूनमा यस्ता अपराधीलाई छिटो सुनुवाइ र मृत्युदण्डको व्यवस्था रहेको उनके बताइन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपालाई चेतावनी दिँदै भनिन्, ‘यदि मेरो धैर्य टुट्यो भने, म के गर्नसक्छु भनेर तपाईले कल्पना पनि गर्न सक्नुहुन्न। तपाईंले मेरो धेरै अपमान गर्नु भएको छ। हामीलाई बदला होइन बदलाउ चाहिन्छ।‘ मुख्यमन्त्रीले तृणमूल कांग्रेसका कार्यकर्ताहरूलाई झुटा समाचारको बारेमा पहिले भन्दा बढी सतर्क हुन र यसको प्रतिरोध गर्न आग्रह गरिन्। ममताले भनिन्, ‘हामीले भनेका थियौं कि हामी बदला चाहँदैनौं, परिवर्तन चाहन्छौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement