पुलिसले लुटपाटको योजना विफल, ६ जना पक्राउ

IMG-20240829-WA0170

सिलगढी: सिलगढी महकुमाको बागडोग्रा थानाको पुलिसले लुटपाटको योजनालाई असफल बनायो। बागडोगरा जंगलीबाबा मन्दिर मोरबाट लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपसिङ जोत गोंसाइपुर बागडोगराका नरेन बर्मन, धीरज रोय, स्वपन सूत्रधार, मोहम्मद रहमान रहेका छन्। जबकि प्रकाश तिग्गा र कृष्ण मिञ्ज मुनि चाबागन क्षेत्रका हुन्। पक्राउ परेकाहरूलाई बिहीबार सिलगढी डिभिजनल अदालतमा पठाइएको छ। पक्राउ परेकाहरुलाई हिरासतमा लिएर पूरै घटनामा अरु को को संलग्न छ भन्ने बारे बागडोग्रा पुलिस चौकीले अनुसन्धान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement