महिला सुरक्षाका लागि राजगञ्जमा ‘विशेष महिला पुलिसले’ गस्ती गर्ने

जलपाईगढी: महिलाको सुरक्षाका लागि ‘विशेष महिला पुलिस बल’ स्थापना गरिएको छ। बिहीबार बिहान यो बल राजगञ्जको भुटकीर हाट क्षेत्रमा गस्ती गरिरहेको देखियो। राजगञ्ज पुलिस चौकीमा ७ जना महिला पुलिस छन्। यो फोर्सकी प्रमुख ममता तामाङ हुन्। यो महिला पुलिस बलले महिला तथा बालबालिकाको सुरक्षाका लागि काम गर्नेछ। यो विशेष बलले दिनरात नियमित गस्ती गर्ने जनाएको छ। साथै, हेल्पलाइन नम्बर ११२ पनि शुरु गरिएको छ। यो नम्बरमा पनि उजुरी गर्न सकिनेछ। हेल्पलाइन नम्बरमा उजुरी आएमा महिला पुलिस  बलले तुरुन्त कारबाही गर्नेछ। पुलिस  स्रोतका अनुसार महिलाको सुरक्षालाई थप जोड दिन यो फोर्स गठन गरिएको हो। महत्वपूर्ण स्थानमा महिला गस्ती गर्ने पुलिसको पहललाई सर्वसाधारणले प्रशंसा गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement