मिरिकमा फाइव ए साइड फूटबल टुर्नामेण्ट हुने

IMG-20240829-WA0136

मिरिक: काउले युनाइटेड सनराइज क्लब, मिरिकको तत्त्वावधानमा फाइव ए साइड खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। एक सेप्टेम्बरदेखि शुरु हुने यस फाइव ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। टुर्नामेण्टको आयोजन मिरिक डिग्री कलेज ग्राउण्डमा हुनेछ। अन्य जानकारीहरू अनि सम्पर्क नम्बर आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement