पेरिस: पेरिसमा ओलम्पिक खेलहरू झैं प्यारालम्पिक खेलहरूको उद्घाटन समारोह पनि अनौठो रह्यो। प्यारालम्पिक खेलहरूको इतिहासमा पहिलोपल्ट उद्घाटन समारोह स्टेडियम बाहिर आयोजित भयो। फ्रान्सीसी क्रान्तिको गवाही रहने ऐतिहासिक चौक प्लेस डे ला कनकोर्ड र च्याम्प्स एलिसीसमा आयोजित यस समारोहमा जीवनमा हार नमान्ने भावनाबीच दिव्यांग खेलाड़ीहरूका हौसलाको लामो उड़ानलाई देखाइयो। उद्घाटन समारोहमा भारतीय दलको अगुवाई ध्वजवाहक ज्याभलिन थ्रोअर सुमित अंतिल र शट्पूटर भाग्यश्री जाधवले गरे। हातमा राष्ट्रिय ध्वजको साथ भारतीय दललााई जोश र उत्साहले भरिएको देखियो। उद्घाटन समारोहमा शेफ डी मिशन एसपी सांगवानको साथमा ५२ जना खेलाड़ीसहित १०६ सदस्यीय भारतीय दलले हिस्सा लियो। मार्चपास्टमा १६८ वटा देशका प्यारा एथलीटहरूले हिस्सा लिए, जसको शुरुवात अफगानिस्तान अनि अन्त आयोजक फ्रान्सको साथ भयो।

समारोहको निर्देश त्यही थोमस जली थिए, जसले सीन नदीको किनारामा पेरिस ओलम्पिकको ऐतिहासिक उद्घाटन समारोहको पटकथा लेखेका थिए। फ्रान्सीसी स्वीमर थियो कूरिन ट्याक्सीमा समारोह स्थलमा पुगे। कनाडाका पियानिस्ट चिली गोञ्जालेजले १४० नृतकहरूको साथ समारोहको शुरुवात गरे। यस समारोहलाई हेर्न ५० हजार दर्शकहरू आएका थिए। यसमा १५ हजार दर्शकहरूलाई सित्तैमा टिकट उपलब्ध गराइएको थियो। प्यारालम्पिकमा शारीरिक, दृष्टिबाधित र बौद्धिक अक्षमता भएका ४४ सय खेलाड़ीहरूले २२ वटा खेलमा हिस्सा लिनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय दललाई शुभकामना सन्देशमा भनेका छन्, १४० करोड़ भारतीयले पेरिस प्यारालम्पिकमा हाम्रो दललाई शुभकामना दिइरहेको छ। प्रत्येक एथलीटको साहस र दृढ़संकल्प पूरा देशको निम्ति प्रेरणाको श्रोत हो।

प्यारालम्पिकको १७औं संस्करणको निम्ति अहिलेसम्म २० लाख टिकट बिक्री भइसकेको छ। यसमा आधा टिकट त एक महिनाभित्रै बिक्री भएको थियो। उद्घाटन समारोहको केही घण्टा अघि आयोजकहरूले यस्तो जानकारी दिए। यसको साथमा उनीहरूले यसपाली टिकटहरूको बिक्री राम्रो रहने आशा व्यक्त गरे। अहिले पनि ५ लाख टिकट बिक्रीको निम्ति उपलब्ध रहेको छ। अन्तर्राष्ट्रिय प्यारालम्पिक समिति (आईपीसी)-को आँकड़ा अनुसार, रेकर्ड टिकट बिक्री लण्डन प्यारालम्पिकको समय भएको थियो जब २७ लाख टिकट बिक्री भएको थियो। त्यस समय लगभग ९७ प्रतिशत टिकट बिक्री भएको थियो। बेजिंग प्यारालम्पिकमा १८ लाखभन्दा अधिक टिकट बेचिएको थियो, यसमा १६ लाखभन्दा अधिक स्कूलहरूमा वितरित गरिएको थियो। रियो प्यारालम्पिकमा २१ लाख टिकट बिक्री भएको थियो। पेरिस २०२४ आयोजन समितिका अध्यक्ष टोनी एसटेनगुइटले अझ केही दिनसम्म टिकटहरूको बिक्री जारी रहने बताए। यसरी आईपीसी-का प्रवक्ता क्रेग स्पेन्सले भने, हामी अन्तिम दिन अन्तिम घण्टासम्म टिकट बिक्री गर्नेछौं। अन्तिम अवसरलाई पनि काममा लगाउनेछौं। हामीलाई रियो डी जेनेरियोको २१ लाख टिकटको बिक्रीलाई पछि छोड़्ने आशा रहेको छ।