झापा: श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। उनीहरूसँग पढ्न विश्वविद्यालय छैन, काम गर्न रोजगारदाता छैन र रुसमा बस्न भिसा छैन। विश्वविद्यालयमा पढ्ने र रोजगारीबाट पैसा कमाउने भनेर गएका उनीहरू काममा जोतिँदा कक्षा लिन सकेनन्, त्यसैले उनीहरूको भिसा पनि नवीकरण नभएकाले अब न पढाइ न रोजगारीको अवस्थामा पुगेका छन्।