झापा: सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्वजनिक गरिएको छ।
यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्। नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ। अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन्।
बिग बास लिगमा खेलाडीलाई चार तहमा विभाजन गरिएको छ। प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउँछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलर पारिश्रमिक पाउँछन्। त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउँछन्।
नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन्। सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन्।