सवारी दुर्घटनामा इटहरीका पुरुषसहित दुईको मृत्यु

IMG-20240725-WA0210

झापा: सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र र तेह्रथुमको लालीगुराँसमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो।
बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उदपुरबाट सुनसरीको कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ९१०४ नम्बरको ट्रकले सो दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट साइकल यात्री ४५ वर्षीय गुन्जा चौधरी र साइकलको पछाडि सवार उनकी आमा उदयपुरको बेलका नगरपालिका-१ बस्ने ८० वर्षीया लक्ष्मीदेवी चौधरी घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थाकी लक्ष्मीदेवीको उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये आमाको मृत्यु भएको र छोराको उपचार भइरहेको छ। ट्रक र चालक मोरङको कानेपोखरी गाउँपालिका ५ का ३० वर्षीय वीरबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
उता, पहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको लालीगुराँस नगरपालिका-१ का राटोपाटी लम्बु खोलामा ग्याँस बोकेको ट्रकले किचेर बुधबार राति सहचालकको मृत्यु भएको छ।
प्रिमा ग्यास लोड गरिएको को १ क १६८१ नम्बरको ट्रकले किचेर राति ९ः४५ बजेतिर इटहरीको पकली घर भएका अन्दाजी ४५ वर्षीय रमानन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडी रोक्ने क्रममा अचानक ‘ब्रेक फेल’ भएको ट्रकको पछाडिको चक्काले उनलाई किचेको थियो। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक र चालक सुनसरीको रामधुरी नगरपालिका ४ का ४४ वर्षीय तेजबहादुर राईलाई नियन्त्रणमा लिइएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement