नयाँ दिल्ली: भारतको २०२२ अण्डर-१९ वर्ल्ड कप विजेता टीमका कप्तान यश ढुल हृदयको सर्जरीपछि प्रतिस्पर्धी क्रिकेटमा फर्किने तयारीमा जुटेका छन्। एक दशकभन्दा अधिक समयसम्म ढुलका प्रशिक्षक रहने राजेश नागरले बताएअनुसार, यस २१ वर्षीय ब्याटरले जुलाईमा सर्जरी गराएका थिए। राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-मा अण्डर-२३ हाई परफर्मेन्स शिविरको अवधि नियमित स्क्यानको समय ढुलको हृदयमा एउटा सानो छिद्र पाइएको थियो भन्ने प्रशिक्षकले खुलासा गरेका छन्। नागरले भने, सर्जरी त्यति ठूलो र जटिल थिएन। उनलाई निको हुन १०-देखि १५ दिन समय लाग्नेछ। उनी आफ्नो खेल र फिटनेसको मामिलामा अहिलेसम्म शत प्रतिशत फिट छैनन्। मेरो विचारमा उनी लगभग ८० प्रतिशत फिट छन् तर चाँड़ै फिटनेस हासिल गरी मैदानमा फर्किनेछन्। उल्लेखनीय छ, हृदयमा छिद्र भएको साधारणत वाल्यकालमै पत्तो लाग्छ तर आश्चर्यजनक तरिकाले ढुलको मामिलामा यसको जून-जुलाईमा एनसीए-मा रहँदा पत्तो लाग्यो। नागरले भने, हृदयमा सानो छिद्र थियो अनि त्यो जन्मदेखि नै थियो तर त्यसको पत्तो अहिले लाग्यो। उनी चाँड़ै सर्वश्रेष्ठ फर्मको साथ मैदानमा ओर्लिनेछन्।