२० अगस्तः कतरमा यस साल हुने फीफा वर्ल्ड कपको तारिखमा सामान्य फेरबदल गरिएको छ। अब टुर्नामेण्टको शुरुवात २० नोभेम्बरदेखि हुनेछ। पहिलाको कार्यक्रम अनुसार टुर्नामेण्ट २१ नोभेम्बरदेखि शुरु हुने थियो। यो फसेला फीफाले कतरको आवेदनमा लिएको छ। आयोजक देश कतरले वर्ल्ड कपको पहिलो म्याच खेल्न सकोस् भनेर यस्तो फसेला लिइएको छ। टुर्नामेण्टमा ३२ वटा देशका टीमले हिस्सा लिनेछ अनि १५० वटाभन्दा अधिक देशहरूमा यसको प्रसारण हुनेछ। फीफाको यस्तो फसेलाले प्रशंसकहरू, ब्रडकास्टर र विज्ञापन कम्पनीहरू चाहिँ असमञ्जसको स्थितिमा फसेको छ। अधिकांश प्रशंसकहरूले नै कतरको निम्ति फ्लाइट र होटल बुक गरिसकेका छन् अनि म्याचको टिकट पनि किनिसकेका छन्। अब उनीहरूले सबै बद्लिनु पर्नेछ। यसैकारण प्रशंसकहरूले समस्याको सामना गर्नु पर्नेछ। यसबाहेक कम्पनीहरूले ठूलो मूल्यमा विज्ञापनको निम्ति स्थान खरीद गरेका छन्। अब उनीहरूले पनि यसमा फेरबदल गर्नु पर्नेछ। यसले गर्दा महिनौ अघि बनाइएका योजनाहरूमा बद्लाउ गर्नु पर्नेछ।
नयाँ तारिखले गर्दा फीफाको सबैभन्दा ठूलो पार्टनर्समा एउटा लिकर कम्पनीले कतरका अधिकारीहरूसँग अनुबन्धलाई अन्तिम रूप दिन सकेको छैन। यसको साथै कतर जस्तो सानो देशले फीफा वर्ल्ड कपको सफल आयोजन गर्न सक्नेछ या छैन भन्ने पनि प्रश्न उठ्न थालेको छ। अहिलेसम्म फीफा वर्ल्ड आयोजन भएका देशहरूमा कतर सबैभन्दा सानो हो। वर्ल्ड कपको समय विभिन्न देशहरूबाट भारी संख्यामा प्रशंसकहरू कतर आउनेछन्। यति ठूलो संख्यालाई सम्हाल्नको निम्ति कतरले धेरैवटा देशसँग पुलिस सम्झौतामा हस्ताक्षर गरेको छ। तुर्कीले जनवरीमा फीफा टुर्नामेण्टको निम्ति कतरलाई ३००० सुरक्षा बल दिने घोषणा गरेको थियो। यस सुरक्षा बलको काम केवल प्रशंसकहरूका सुरक्षा अनि कानून व्यवस्था कायम राख्नु हुनेछ। प्रशंसकहरूलाई पनि कतरमा बस्नको निम्ति स्थान खोज्नु समस्या भइरहेको छ। वर्ल्ड कपले गर्दा कतरमा होटलहरूका रेण्टमा भारी बढ़ोत्तरी भएको छ।