आईपीएलमा इम्प्याक्ट प्लेयर-को नियमलाई सही ठहऱ्याए आर अश्विनले

IMG-20240829-WA0000

नयाँ दिल्ली: आईपीएल-मा इम्प्याक्ट खेलाड़ीको नियमलाई भारतका अनुभवी अफ् स्पिनर रविचन्द्रन अश्विनले सही ठहऱ्याएका छन्। उनको भनाइअनुसार, यसले खेललाई निष्पक्ष बनाएको छ अनि रणनीतिको महत्त्व बढ़ाएको छ। केही पूर्व क्रिकेटरहरू सहित विराट कोहली र रोहित शर्मा जस्ता सीनियर खेलाड़ीहरूले यस नियमको आलोचना गरेका छन् कारण यसले अलराउण्डरहरूका विकास रोकिने उनीहरूका तर्क रहेको छ। यो नियम आईपीएल २०२३-देखि लागू गरिएको थियो, जसमा प्रत्येक टीमलाई आफ्नो ईनिंग्सको अवधि एकजना खेलाड़ी (ब्याटर या बलर) बद्लिने मौका प्राप्त हुनेछ। अश्विनले भारतका पूर्व कप्तान कृष्णमाचारी श्रीकान्तको यूट्यूब शो-मा भने, मेरो विचारमा यो नियम त्यति खराब पनि छैन कारण यसले रणनीतिको महत्त्व बढ़ाएको छ। धेरैले यस नियमले गर्दा अलराउण्डरहरूलाई प्रोत्साहन प्राप्त नहुने बताएका छन् तर नियमले वास्तवमा कसलाई पो रोकेको छ? इम्प्याक्ट प्लेयरले नियमले उनीहरूलाई हतोत्साहित गर्दैन। भेंकटेश अय्यरको उदाहरण लिन सक्छौं, जसले अहिले लेंकशायरको तर्फबाट ईंग्ल्याण्डमा असाधारण प्रदर्शन गरिरहेका छन्। यस नियमले खेललाई निष्पक्ष बनाउँछ। विशेषगरी मैदानमा शीत पर्दा बलिंग गर्ने टीमलाई अतिरिक्त विकल्प प्राप्त हुन्छ। यसरी ब्यटिंग गर्दा बलरको स्थानमा अतिरिक्त ब्याटर खेलाउन सकिन्छ। यसले गर्दा शाहबाज अहमद, शिवम दुबे, ध्रुव जुरेल जस्ता खेलाड़ीहरूले मौका पाइरहेका छन्। यसअघिसम्म यी खेलाड़ीहरू बेञ्चमै बसिरहेका हुन्थे तर अहिले मैदानमा ओर्लिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement