हकी इण्डियाद्वारा १८ सदस्यीय पुरुष हकी टीमको घोषणा

IMG-20240828-WA0299

नयाँ दिल्ली: हरमनप्रीत सिंहको कप्तानीमा रहने भारतीय पुरुष हकी टीम पेरिस ओलम्पिकमा काँस्य पदक जितेपछि अब एशियन च्याम्पियन्स ट्रफीमा ओर्लिन तयार छ। आउँदो ८ देखि १७ सेप्टेम्बरसम्म हुने यस टुर्नामेण्टको निम्ति हकी इण्डियाले बुधवार १८ सदस्यीय टीमको घोषणा गऱ्यो। भारतबाहेक टुर्नामेण्टमा दक्षिण कोरिया, मलेशिया, पाकिस्तान, जापान र आयोजक चीनले हिस्सा लिनेछ। भारतका अनुभवी गोलकीपर पीआर श्रीजेशले सन्न्यास लिएपछि कृष्ण बहादुर पाठकलाई भारतीय हकी टीमको मुख्य गोलकीपर बनाइएको छ। ओलम्पिकमा भारतको स्ट्याण्डबाई गोलकीपर रहने पाठक अब मुख्य गोलकीपर हुनेछन् जबकि सूरज करकेरालाई रिजर्व गोलकीपर हुनेछन्। अनुभवी मीडफिल्डर विवेक सागर प्रसादलाई उपकप्तान बनाइएको छ। भारतले आफ्नो पहिलो म्याच ८ सेप्टेम्बरमा चीनविरुद्ध खेल्नेछ। त्यसपछि ९ सेप्टेम्बरमा जापान, ११ सेप्टेम्बरमा मलेशिया, १२ सेप्टेम्बरमा दक्षिण कोरिया र १४ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध म्याच रहेको छ। सेमिफाइनल म्याचहरू १६ सेप्टेम्बर र फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। भारतीय प्रशिक्षक क्रेग फुल्टनले टीमको घोषणा गरेपछि भने, आफ्नो ऱ्याङकिंग पोइण्ट्सलाई बढ़ाउन यो हाम्रो निम्ति एउटा महत्त्वपूर्ण अभियान हुनेछ। पेरिस २०२४ ओलम्पिक खेलहरूमा हाम्रो प्रदर्शनको खुशीयाली मनाएपछि सबै खेलाड़ीहरू शिविरमा फर्किएका छन्। हाम्रो निम्ति नयाँ ओलम्पिक चक्र एशियाई च्याम्पियन्स ट्रफीको साथ शुरु हुनेछ अनि हामी चुनौतीको निम्ति तयार छौं। हामी सकारात्मक शुरुवात गर्न चाहन्छौं।
भारतीय हकी टीमः
गोलकीपरः कृष्ण बहादुर पाठक र सूरज करकेरा
डिफेण्डरः जरमनप्रीत सिंह, अमित रोहिदास, हरमनप्रीत सिंह, जुगराज सिंह, सञ्जय र सुमित मीडफिल्डरः राजकुमार पाल, नीलाकान्त शर्मा, विवेक सागर प्रसाद, मनप्रीत सिंह र मोहम्मद राहील
फरवर्डः अभिषेक, सुखजीत सिंह, अराइजीत सिंह हुण्डल, उत्तम सिंह र गुरजोत सिंह

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement