दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बुधवार २ वटा म्याच खेलियो। यी दुवै म्याच दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको थियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज खेलिएको पहिलो म्याचमा बीच गाउँ स्पोर्टिंग क्लब (घूम)-ले दार्जीलिङ लुसेउरे तराई फूटबल क्लबलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ बराईलीले ह्याट्रिक गरे। उनले २३औं, ५४औं र ६२औं मिनटमा गोल गरे। यसबाहेक ग्याल्छो भूटियाले ३१औं र ५१औं मिनटमा २ गोल गरे। यसरी दार्जीलिङ लुसेउरे तराई फूटबल क्लबबाट पेम्बा छिरिंग थामीले ५९औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा डीएम इलेभेनले चामोंग फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट टाशी भूटियाले ३१औं र ५४औं मिनटमा २ गोल गरे। यसबाहेक उमेश राईले ५९औं मिनटमा गोल गरे। यसरी चामोंग फूटबल क्लबबाट आयुष तामाङले ४९औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।