मंगन: राष्ट्रिय पञ्चायत पुरस्कार आंकलन २०२४ को निम्ति आज मंगन जिल्लाको जिल्लास्तरीय सभा जिल्लापाल अन्नत जैनको अध्यक्षतामा सम्पन्न भयो, जो जिल्ला पञ्चायत कार्यसम्पादन आंकलन समितिका अध्यक्ष पनि हुन्।
जिल्लापालको कार्यालयमा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल, वागवानी विभागका अतिरिक्त निर्देशक लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।
सभामा विशेष गरेर राष्ट्रिय पञ्चायत पुरस्कारको निम्ति मापदण्ड साथै प्रक्रियाबारे छलफल गरियो। प्रत्येक विभागले जिल्लाका पञ्चायतहरूको य़ोगदान र मूल्याङ्कनलाई स्वीकार्दै सुझाउ र विचारहरू राखे। सभामा गरिएको छलफलले सही र निष्पक्ष मूल्याङ्कन प्रक्रिया सुनिश्चित गर्न अन्तर-विभागीय सहकार्यको महत्त्वलाई जोड दिएको छ।
आफ्नो सम्बोधनमा जिल्लापाल जैनले सबै सहभागीहरूलाई जिल्लाका पञ्चायतहरूमा उत्कृष्टता हासिल गर्न लगनशीलताका साथ काम गर्न प्रोत्साहित गरे। उनले अधिकारीहरूमा दक्षता, व्यवस्थित प्रयास र जिम्मेवारी, जवाफदेहिता र पारदर्शिताको आवश्यकतामाथि बल दिए।









