पर्यटन विभाग मन्त्री भोटियाले गरे बाघडुग्रामा पर्यटक सूचना केन्द्रको निरीक्षण भ्रमण

n6285263171724868045451b72797607668aea41bc8e52841f12296b37aa3c7eeeaed317bc8419ee663232a

गान्तोक: राज्यका पर्यटन विभाग मन्त्री छिरिङ थेन्डुप भोटियाले आज बाघडुग्रामा पर्यटक सूचना केन्द्रको निरीक्षण भ्रमण गरे। मन्त्री भोटिया चेन्नई जाने क्रममा उनले केन्द्रको भ्रमण गरेका हुन्।

मन्त्री भोटिया चेन्नईपछि शिलङमा आयोजना हुने केन्द्रिय मन्त्रीहरूको एक महत्त्वपूर्ण सभामा भाग लिने भएका छन्।

भ्रमणको क्रममा मन्त्री भोटियाले पर्यटक सूचना केन्द्रका कर्मचारीहरूसँग उनीहरूको गुनासो ध्यानपूर्वक सुने र उनीहरूको तत्काल आवश्यकताहरूको बारेमा जानकारी लिए। मन्त्रीले कर्मचारीहरूलाई राज्य सरकारले केन्द्रको सञ्चालनलाई वृद्धि गर्न हर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिॅंदै सिक्किम भ्रमणमा आउने पर्यटकहरूको निम्ति यस केन्द्रको महत्त्वमाथि जोड दिए।

मन्त्री भोटियाको निरीक्षणको उद्देश्य तत्काल ध्यान र सुधार आवश्यक पर्ने क्षेत्रहरूको पहिचान गर्नु रहेको थियो। उनले आगन्तुकहरूका लागि सहज र स्वागतयोग्य अनुभव सुनिश्चित गर्न पर्यटक सूचना केन्द्रको स्तरवृद्धि गर्न आवश्यक रहेको आवश्यकता महसुस गरे। यसै क्रममा उनले बाघडुग्रा एयरपोर्ट भित्र हेलिकप्टर बुकिङ काउन्टरमा राज्य पर्यटन विकास समितिका सदस्यहरूसँग पनि भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement