२० अगस्तः अमेरिकी ओपन एकल च्याम्पियनलाई यस साल २६ लाख डलरको पुरस्कार राशि प्राप्त हुनेछ। यसरी नै २९ अगस्तदेखि शुरु हुने यस ग्राण्ड स्ल्यामको जम्मा पुरस्कार राशि पहिलोपल्ट ६ करोड़ डलर रहेको छ। अमेरिकी टेनिस संघले बताएअनुसार, मुख्य ड्र-मा प्रवेश गर्ने खेलाड़ीहरूलाई ८०,००० हजार डलर गरेर प्राप्त हुनेछ जबकि दोस्रो राउण्डमा पुग्ने खेलाड़ीलाई १,३१,००० डलर गरेर प्रदान गरिनेछ। कोरोना महामारी अघि २०१९-मा च्याम्पियनलाई ३९ लाख डलर प्राप्त भएको थियो अनि पहिलो राउण्डमा हार्ने खेलाड़ीलाई ५८,००० डलर गरेर दिइएको थियो। यस साल पुरस्कार राशिमा केही हेरफेर गरिएको छ। क्वार्टर फाइनलमा पुग्ने खेलाड़ीहरूलाई ४,४५,००० डलर अनि सेमिफाइनल खेल्न सके ७०५००० डलर गरेर प्राप्त हुनेछ। यसरी नै उपविजेता हुने खेलाड़ीले १३ लाख डलर पाउनेछन्। गत वर्ष यूएस ओपनमा जम्मा पुरस्कार राशि ५ करोड़ ७५ लाख डलर थियो। यस साल अष्ट्रेलियन ओपनमा जम्मा पुरस्कार राशि ५ करोड़ २० लाख डलर थियो। यसरी नै विम्बल्डन अनि फ्रेञ्च ओपनमा लगभग ४ करोड़ ९० लाख डलरको पुरस्कार राशि थियो।