मुख्य अभियन्ता एवं सचिव एबी सुब्बालाई अभिनन्दन

IMG-20240828-WA0298

सोरेङ: मलबाँसे र बुदाङ ग्राम पञ्चायत एकाईको संयुक्त तत्वावधानमा आयोजित एक कार्यक्रमबीच शिक्षा विभागका मुख्य अभियन्ता एवं सचिव एबी सुब्बालाई उनको पैतृक गाउँ मलबाँसेमा अभिनन्दन जनाइयो। उक्त कार्यक्रममा पूर्व विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए।
उल्लेख्य, आज सम्मानित एबी सुब्बा हालै पदोन्नति भएर शिक्षा विभागमा मुख्य अभियान्ता तथा सचिव बनेका छन्। राज्य सरकारका यस्तो शीर्ष पदमा पुगेवापत स्थानीय गाउँलेहरुले उनलाई उनकै पैतृक गाउँमा नागरिक सम्मान जनाएको हो। अभिनन्दन एवं बधाई कार्यक्रमलाई भव्य रूपमा आयोजना गरेकोमा आयोजक समितिलाई बधाई दिँदै पूर्व विधायक आदित्य गोलेले सम्बोधनको क्रममा मनले रुचाएको व्यक्तिलाई आमजनताले पनि सम्मान जनाउने बताउँदै सम्मानित व्यक्तित्वहरु भावीपीढीको निम्ति अभिप्रेरणाको स्रोत रहेको बताए। समाजमा प्रेरणाको स्रोत बन्नका निम्ति जीवनमा धेरै संघर्ष गर्नुपर्ने अनि मात्रै असल र सफल मानिस बन्नसक्ने उनले मन्तव्य प्रकट गर्दै यस्ता व्यक्तित्वहरुबाट प्रेरणा लिनुपर्ने अनि प्रेरणा लिएर समाजको निम्ति मार्गदर्शक भएर समाजलाई विभिन्नमा नेतृत्व दिनुपर्ने सुझाउ दिए। सुब्बा एकजना सरल र इमानदार सरकारी अधिकारी रहेको अनि उनले सोरेङ-च्याखुङ समष्टि साथै राज्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको पनि बताए। मुख्यमन्त्रीको ड्रिम प्रोजेक्ट च्याखुङमा निर्माणाधीन नेताजी सुभाष चन्द्र बोस एक्सिलेन्स युनिभर्सिटी निर्माणमा पनि सचिव सुब्बाले ठूलो भूमिका निर्वाह गरेको बताउँदै पूर्व विधायक गोलेले आफ्नो विधायककालमा उनीसँग मिलेर काम अवसर प्राप्त भएको पनि कार्यक्रममा सम्झाना गरे।
सम्बोधनको क्रममा अभिनन्दित प्रिन्सिपल चीफ इन्जिनियर एवं सचिव एबी सुब्बाले आफूलाई आफ्नै पैतृक गाउँका आमनागरिकहरुबाट सम्मान पाउनु आफ्नो अहोभाग्य बताउँदै नागरिक सम्मानले सम्मानित व्यक्तिहरुको सामाजिक जिम्मेवारी र दायित्व थप बढ्ने बताए। उनले आफूलाई यसरी गाउँमै आमजनताले नागरिक सम्मान जनाएकोमा कृतज्ञता व्यक्त गर्दै भर्खरै पदोन्नति भएर प्रधान मुख्य अभियन्ता एवं सचिव बनेका सुब्बाले आफ्नो बाल्यकालदेखि अहिलेसम्म गरेको संघर्षबारे अभिव्यक्ति राख्दै उनलाई जन्मदिने आमा-बाबा भएता पनि कर्म दिने आफ्नो दाज्यु रहेको बताए। उनले मुख्यमन्त्री पीएस गोले र पूर्व विधायक आदित्य गोले प्रति कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement