मानसिक स्वास्थ्य सम्बन्धमा जिल्ला प्रशासनको नौलो प्रयोग

IMG-20240828-WA0296

नाम्ची: नशामुक्त भारत अभियानअन्तर्गत नाम्ची जिल्ला प्रशासनले मानसिक स्वास्थ्य सचेतना र संग्लनता अभिवृद्धि गर्ने प्रयासमा एक सामाजिक प्रयास शुरु गरेको छ। यसको उद्देश्य मानिसहरूमा मानसिक स्वास्थ्यसँग सम्बन्धित बुझाई र अभ्यासहरूको मूल्याङ्कन गर्नु रहेको छ। प्रयोगमा सहभागीहरूलाई सम्बन्धित विषयमा दुईवटा प्रश्न गरिन्छ। सोधिएका प्रश्नहरूमा “आफ्नो मानसिक स्वास्थ्यलाई सुधार गर्न एउटा कुरा के गर्न सक्नुहुन्छ” अनि “आफ्नो कठिन समयमा कसलाई सम्झनुहुन्छ” रहेको छ। यी प्रश्नहरूले मानिसको मानसिक स्वास्थ्य अभ्यासलाई प्रतिबिम्बित गर्ने जिल्ला प्रशासनको भनाइ रहेको छ। यस प्रयोगमा विभिन्न उमेर र सामाजिक पृष्ठभूमिलाई प्रतिनिधित्व गर्दै एक सयभन्दा अधिकले सहभागिता जनाएका थिए।
यस प्रयोगको प्रारम्भिक निष्कर्षमा धेरैजसो मानिसले आफ्नो मानिसक स्वास्थ्यलाई सन्तुलित राख्न विविध अभ्यास गर्ने गरेको थाहा लागेको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। जसमा शारीरिक व्यायाम, मानसिक अभ्यास, विभिन्न शौक साथै प्रियजनसँग समय बिताउने आदि प्रमुख रहेको छ। आफूलाई कठिन समय आइपर्दा भने प्रायले नै आफन्तजनलाई सम्पर्क गर्ने गरेको प्रयोगको प्रारम्भिक निष्कर्षमा देखिएको छ। जिल्ला प्रशासनले यस प्रयोगको तथ्याङ्कलाई थप अध्ययन गरेर मानसिक स्वास्थ्यलाई सुदृढ़ पार्ने दिशमा केही ठोस पहल गर्ने भएको छ। यसको साथै आगामी दिनमा सम्बन्धित विषयमा कार्यशालाहरू साथै सचेतना कार्यक्रमहरू आयोजना गरिने पनि प्रशासनको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement