प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको बधाई

IMG-20240828-WA0293

गान्तोक: भारत चीन र अमेरिकालाई उछिन्दै विश्वको द्रूत वृद्धि हुने प्रमुख अर्थतन्त्र बन्न पुगेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले भारत सरकार र देशवासीलाई बधाई दिएका छन्। यसबारे सामाजिक सञ्जालमा आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्रीले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल अनि प्रभावकारी नेतृत्वको प्रमाण बताएका छन्। यस अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई विकसित भारत निर्माण गर्ने उनको परिकल्पनामा सिक्किमका जनताले पूर्ण समर्थन र सहयोग गर्ने आश्वासन दिन चाहन्छु, मुख्यमन्त्रीले भनेका छन्।
उल्लेखनीय छ, आइएमएफ-को वर्ल्ड इकोनमिक आउटलूक अपडेट-जुलाई २०२४मा द्रूत वृद्धि हुने प्रमुख अर्थतन्त्र भएको देशको सूचीमा भारतलाई ७ प्रतिशतको साथमा चीन र अमेरीकाभन्दा अघि देखाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement