एआईएफएफ अध्यक्ष बन्ने होड़मा भाइचुङ भूटिया

IMG-20220820-WA0115.jpg

२० अगस्तः भारतीय फूटबल टीमका पूर्व कप्तान तथा दिग्गज फरवर्ड भाइचुङ भूटियाले शुक्रवार अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को आउँदो चुनाउहरूमा अध्यक्ष पदको निम्ति नामांकन दाखिल गरे। नामांकन दाखिल गरे पनि यस पूर्व खेलाड़ीको निम्ति परिस्थिति सरल हुनेछैन कारण राजनैतिक समर्थन भएका धेरै उम्मेद्वारहरू मैदानमा ओर्लिएका छन्। पूर्व फूटबलरबाट राजनेता बन्नेदेखि लिए अन्य राजनेताहरू पनि मैदानमा छन्, जो खेल प्रशासनमा सामेल हुन चाहन्छन्। यसबाहेक लामो समयदेखि खेल प्रशासकको भूमिका निर्वाह गर्ने मानिसहरू पनि एआईएफएफ-मा शीर्ष पदमा आसीन हुन चाहन्छन्। नामांकन दाखिल गर्ने समयसीमा शुक्रवार समाप्त भयो। लामो समयदेखि लम्बित यो चुनाउ अब २८ अगस्तमा हुनेछ। पूर्व कप्तान भाइचुङको नामको प्रस्ताव राष्ट्रिय टीममा उनका साथी रहने दीपक मण्डलले राखे अनि प्रतिष्ठित महिला खेलाड़ी मधु कुमारीले उनको समर्थन गरिन्।
भाइचुङको सफलता मतदाताहरूका सूचीबाट पूर्व खेलाड़ीहरूलाई बाहिर नगरिनुमा पनि निर्भर रहनेछ। खेलको वैश्विक सञ्चालन संस्था फीफा-को नियमले पूर्व खेलाड़ीहरूलाई मतदाताको रूपमा स्वीकृति दिँदैन। सोमवार यस मुद्दामा उच्चतम न्यायालयको सुनुवाईपछि स्थिति स्पष्ट हुनेछ। भाइचुङको निम्ति सबैभन्दा ठूलो चुनौती मोहन बगान र ईष्ट बेंगलका पूर्व गोलकीपर कल्याण चौबे हुनेछन्, जो पश्चिम बंगाला भारतीय जनता पार्टीका नेता हुन्। फूटबलरको रूपमा चौबेले भाइचुङलाई चुनौती दिन सक्नेछैनन् तर उनको नामको प्रस्ताव गुजरात फूटबल संघले राखेको छ अनि अनुमोदन अरुणाचल प्रदेशले गरेको छ। यस कुराले पनि उनले प्रभावलाई स्पष्ट गर्दछ। भारतका दुई सबैभन्दा ठूलो राजनेता (प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह) गुजरातकै हुन्। यसरी नै अरुणाचल प्रदेश पूर्व खेल मन्त्री तथा वर्तमान कानून मन्त्री किरेन रीजीजूको गृह राज्य हो।
अध्यक्ष पदको होड़मा आईएफए (पश्चिम बंगाल)-का अध्यक्ष अजीत ब्यानर्जी पनि रहेका छन्। उनी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीका दाजु हुन्। पार्टीबाट अनुमति प्राप्त नभएको भए उनी मैदानमा ओर्लिने थिएनन्। सूचीमा तेस्रो फूटबलर अनि सबैभन्दा कम्ती उमेरका उम्मेद्वार ३६ वर्षीय पूर्व मीडफिल्डर युगेन्सन लिंगदोह पनि छन्। उनी अहिले विधायक हुन्। उनले मेघालयमा प्रमुख क्षेत्रीय पार्टी युनाइटेड डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्छन्। सुनिल छेत्रीसँग भारतको तर्फबाट खेल्ने लिंगदोहले सक्रिय राजनीतिमा त्यस समय प्रवेश गरेका थिए, जब उनको पिताको निधन भएको थियो। उनले मावफलांग निर्वाचन क्षेत्रबाट चुनाउ जितेका थिए। कर्नाटक राज्य फूटबल संघका एनए हेरिस पनि एआईएफएफ अध्यक्ष बन्ने हौड़मा छन्। उनी कंग्रेसका विधायक हुन् अनि एआईएफएफ-को राजनीतिमा सक्रिय छन्। राजस्थानका मानवेन्द्र सिंहको रूपमा कंग्रेसका अझ एकजना सदस्यले चुनौती पेश गरिरहेका छन्। यसबाहेक फीफामा काम गर्ने फूटबल दिल्लीका अध्यक्ष शाजी प्रभाकरनले पनि अध्यक्ष पदको निम्ति नामांकन पत्र दाखिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement