सिलगढी: जानकारी अनुसार बन्दलाई सफल बनाउनको लागि भाजपा विधायक शिखा च्याटर्जी एनजेपीको नेताजी मोडमा गएकी थिइन्। त्यहाँ दोकानहरू बन्द गरिदिने अपिल गरिरहेको समय तृणमूल समर्थकहरूले तिनीमाथि हमला गरेको आरोप रहेको छ। उक्त घटनाको खबर पाउन साथ धेरै संख्यामा पुलिस घटनास्थलमा आइपुगे। पुलिसकै सामु फेरि विधायक माथि हमला गरेको आरोप लगाइएको छ। यसको साथै विधायक माथि ढुंगा समेत प्रहार गरेको बताइएको छ। यसपछि भाजपा विधायकले कुनै प्रकारले आफ्नो ज्यान बचाएर घटनास्थलबाट स्कूटीमा चढेर त्यहाँबाट गइन्।
कअर्कोतिर, जलपाईगढीका सांसद जयन्त राय विधायकसित भेट गर्न एनजेपी इलाका भएर गइरहेका थिए। यस अवधि पुलिसको सामु सांसदको कारलाई घेराउ गरेर तृणमूल समर्थकहरूले विरोध प्रदर्शन गरे। कारमा ढुंगा समेत हानेको आरोप रहेको छ। घटना पछि विधायक अनि सांसद एनजेपी थानामा पुगे। यसपछि भाजपा विधायक शिखा च्याटर्जी थाना अघि धरनामा बसिन्।









