मङपू: मङपू आउट पोस्ट अनि ‘हाम्रो मङपू राम्रो मङपू’को संयुक्त पहलमा आज मङपूको ट्राफिक समस्या निवारणलाई लिएर सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछानेको अध्यक्षतामा सचेतना कार्यक्रम सप्पन्न भयो। बिभोर सिङदनले संचालन गरेको सभामा मङपू आउटपोस्ट थाना प्रभारी एसआई आईनुल हक सबैलाई स्वागत सम्भाषण राख्दै मङपूको ट्राफिक व्यवस्थालाई स्थानीय जनता अनि पुलिस मिलेर सठीक राख्न पर्छ साथै मङपूको डम्पीङ समस्यलाई पनि ठीक पार्न पर्छ भनी उपस्थित सबैलाई अवगत गराए। ट्राफिक अधिकारी एएसआई फुर्तेम्बा शेर्पाले ट्राफिक नियमबारे सम्पूर्ण चालकहरुलाई बताए। आरआर थाना प्रभारी ओसी वासिम बारीले स्थानीयबासी अनि पुलिस मिलेर नै यहाँको ट्राफिक समस्य सुधार गर्न सकिने र यसको निम्ति सम्पूर्ण चालक संगठन, संघ संस्थालाई अघि आईदिने अपील गर्दै ट्राफिक व्यवस्थाको निम्ति पुलिसबाट चाहिने सहयोग पुर्णरुपले गरिदिने वचन दिए। मङपूको नालीडाँडा क्षेत्र अनि रेसेप बजारको जामको समस्यलाई समाधान गर्न पुलिसको सहयोगको कार्य गर्नुपर्ने बिषय माथी जीटीए सिन्कोना विभाग सभासद रतन थापाले चाडैं नै स्थानीय चालक संगठन, व्यापारी संघ-संस्था अनि पुलिसलाई लिएर छिट्टै सभा डाकेर ट्राफिक समस्या बारे कार्य गर्ने अनि रेसेप बजार छ्याङखोलो परिसरमा जीटीए मार्फत पार्किङ भवन निर्माण गरिदिने आश्वासन दिए। जीटीए जनसम्पर्क अधिकारी विज्ञान मिश्रले पनि मङपू ट्राफिक व्यस्थालाई सुदृढ राख्न सबै मङपूबासी मिलेर काम गर्नुपर्ने कुरा जनाए।
स्थानीय जनताको हितमा सिन्कोना बगान ब्यस्थापनको अधिनमा रहेर दिने पर्ने कुराहरु सिन्कोना बगानको पक्षबाट सदैव दिनको निम्ति त्यार रहेको कुरा आजको कार्यक्रमको सभापति एवं बगान व्यवस्थापक गोपाल लामीछाने जनाए। लाब्दा, रेसेप अनि रोङचोङ तीनवटै ग्राम पंचायतका प्रधान उपप्रधान उपस्थित रहेको आजको सचेतता शिबिरमा मङपूको ट्राफिक व्यवस्थालाई सुधार गर्नुपर्छ भन्दै हर्क पाख्रीन, केशर मोक्तान, मनोज सुब्बा अनि ऋषि सिङदनले आआफ्नो विचार राखे। ‘हाम्रो मङपू राम्रो मङपू’का सदस्य बिदेन प्रधानले नालीडाँडाको ट्राफिक व्यवस्थालाई सुधार्न अनि जामको समस्यालाई मुक्त राख्नको निम्ति सिलगढी र कालेबुङ जाने गाडीहरु मङपू बस स्ट्यान्डबाट छुट्न पर्ने अनि मङपूदेखि दार्जीलिङ जाने गाडीहरु नालीडाँडा फाटकबाट बिहानीपख छुट्न सके जामको समस्यबाट मुक्त हुनेकुरा माथि जोड दिएl यस विषयलाई पुलिस प्रशासनले मध्य नजर राखेर कार्यमा परिणत गरिदिने सभासद रतन थापा पुलिस प्रशासनलाई अपील गरे।