सिलगढी: १६ वर्षीया बालिका माथि शारीरिक शोषण गरेको आरोपमा अवकाश प्राप्त पुलिस अधिकारीविरूद्ध कानूनी कारबाही चलिरहेको छ। कालेबुङको क्षेत्रको १६ वर्षिया किशोरीसँग अवकाश प्राप्त पुलिस अधिकारीले शारीरिक शोषण गरेको मामिला अदालतमा चलिरहेको छ। स्रोतका अनुसार पुलिस अधिकारी एउटा पुलिस आउट पोस्टमा कार्यरत थिए। उनले त्यहाँबाट नै औकास ग्रहण गरेका थिए। हालसालै अवकाश ग्रहण गरेका ओरोपीलाई १५ अगस्तको दिन कालेबुङ जिल्ला अदालतमा पुलिसले पेश गरेको थियो। उनलाई कालेबुङ पुलिसले उनकै निवासबाट पक्राउ गरेको हो। आरोपी विरूद्ध पोक्सोको धारा १४ अन्तर्गत बालिकालाई यौनक्रियामा प्रयोग गरेको, धारा १५ अन्तर्गत बालिकाको प्रोनोग्राफिक भिडियो डिभाइसमा राखेको र धारा ६ अन्तर्गत बालिकासँग बलपूर्वक यौन क्रिया गरेको आरोप छ। गत २७ अगस्तको दिन आरोपीलाई कालेबुङ जिल्ला अदालतमा पुन: पेश गरेको थियो भने अदालतले उनको जमानत रद्द गरेको छl










