भाजपाका नेताहरुलाई पक्राउ गरेको विरोधमा समर्थकहरुद्वारा विरोध प्रदर्शन

IMG-20240828-WA0267

जलपाईगढी: जलपाईगढी लोकसभा केन्द्र अन्तर्गत मेखिलीगञ्ज पुलिस स्टेशनको पुलिसले बंगाल बन्दको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गरेको आरोपमा बुधबार जलपाईगढी जिल्ला उपाध्यक्ष र अन्य नेताहरूलाई पार्टी कार्यालयबाट पक्राउ गरेको छ। यसको विरोधमा र भाजपा नेता दधिराम राई र अन्यलाई चाँडो रिहा गर्न माग गर्दै भाजपा कार्यकर्ताले मेजलीगञ्ज थाना अगाडि धारणा दिए। यस सन्दर्भमा उत्तर मण्डलका अध्यक्ष दीनबन्धु रायले भने, ‘हामीले आह्वान गरेको बन्द सफल भएको छ, त्यसैले तृणमूलले यो षड्यन्त्र गरिरहेको छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement