गोरुबथान (महेश्वर प्रधान): गोरुबथानको एकमात्र प्रणामी श्री कृष्ण मन्दिरमा पन्ध्र दिनको बितक कथाको समापन सहित बेलुकी छ बजे उसो श्री कृष्ण जन्माष्टमी पालन गरियो। श्री कृष्ण प्रणामी मन्दिरमा यस कार्यक्रममा धेरै भक्तजनहरुको भीड रहेको थियो।भक्तजनले भजनको रसस्वादन गरे। कालिम्पोङबाट आएका भजन मण्डली गोरुबथान भजन मण्डलीले श्री कृष्ण भजनहरु गाएर भक्तजनलाई मन्त्रमुग्ध गरे।प्रतिवर्ष गोरुबथान प्रणामी मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा पालन गरिन्छ।