नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्री मण्डलको बैठकले आज केन्द्रीय क्षेत्र योजना रहेको ‘कृषि पूर्वाधार निधि’ अन्तर्गत वित्तपोषण सुविधालाई अरू बढी आकर्षक, प्रभावी अनि समावेशी बनाउन यसको प्रगतिशील विस्तारलाई अनुमोदन गरेको छ। देशमा कृषि पूर्वाधार उन्नत एवं सुदृढ बनाउनका साथै कृषि समुदायलाई सहयोग गर्ने महत्त्वपूर्ण कदमको रूपमा, सरकारले कृषि पूर्वाधार निधि योजनाको कार्यक्षेत्र विस्तार गर्ने शृङ्खलाबद्ध उपाय घोषणा गरेको छ। यी पहल पात्र परियोजनाको कार्यक्षेत्र विस्तार गर्नका साथै विशाल कृषि पूर्वाधारको पृष्ठपोषण गर्न अतिरिक्त सहायक उपाय एकिकरण गर्न परिलक्षित छ।
सम्भाव्य कृषि परिसम्पत्ति: योजनाका पात्र लाभार्थीलाई “सामुदायिक कृषि परिसम्पत्ति निर्माण गर्न सम्भाव्य परियोजना” अन्तर्गत समेटिएका पूर्वाधारको सिर्जना गर्न योजनाका पात्र लाभार्थीलाई अनुमति प्रदान गरिनेछ। यस कदमले सम्भाव्य परियोजनाको विकासलाई सुगम बनाउनका साथै कृषक समुदायको क्षमता बढाउने र समग्रमा यस क्षेत्रमा उत्पादनशीलता अनि वहनीयतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
एकिकृत प्रसंस्करण परियोजना: एआईएफ अन्तर्गत पात्र गतिविधिको सूचीमा एकिकृत प्राथमिक द्वितीयक प्रसंस्करण परियोजनालाई सामेल गरिनेछ। तथापि, एकल द्वितीयक परियोजना पात्र ठहरिनेछैन र त्यसलाई एमओएफपीआईको योजना अन्तर्गत समेटिनेछ।
पीएम कुसुम घटक-क: कृषक/ कृषक समूह/ कृषक उत्पादक संगठन/ सहकारी/ पञ्चायतका लागि पीएम कुसुमको घटक-क लाई एआईएफसँग सम्मिलनको अनुमति प्रदान गरिनेछ। यी पहलको यो व्यवस्था कृषि पूर्वाधारको विकासका साथसाथै वहनीय स्वच्छ ऊर्जा समाधान प्रोत्साहित गर्न परिलक्षित छ।
नवसंरक्षण: सीजीटीएमएसईका अतिरिक्त, एआइएफ ऋण प्रत्याभूतिको कभरेज एफीओमा नवसंरक्षण ट्रस्टी कम्पनी प्रा. लिको माध्यमद्वारा विस्तार गर्न प्रस्तावित छ। ऋण प्रत्याभूति विकल्पको यो विस्तार एफपीओहरूको वित्तीय सुरक्षा तथा ऋण योग्यता बढाउनका साथै कृषि पूर्वाधार परियोजनाहरूमा अरू बढी निवेश आकर्षित गर्न परिलक्षित छ।
प्रधानमन्त्रीद्वारा २०२० मा यसको शुरुवातसँगै, एआइएफ ६६२३ माल गोदाम, ६८८ शीत भण्डार र २१भकारो परियोजना सिर्जनाका लागि सहयोग गर्न केन्द्रीय रहेको छ, जसको परिणामस्वरूप देशमा ५०० एलएमटीको अतिरिक्त भण्डारण क्षमता स्थापित भएको छ। यसमा ४६५ एलएमटी सुक्खा भण्डारण र ३५ एलएमटी शीत भण्डार क्षमता सामेल छन्। यस अतिरिक्त भण्डारण क्षमताका साथ १८.६ एलएमटी खाद्यान्न र ३.४४ एलएमटी बागवानी उत्पाद वार्षिक रूपमा बचत गर्नसकिन्छ। आजको मितिसम्म एआइएफ अन्तर्गत ७४,५०८ परियोजनाको निम्ति ₹ ४७,५७५ करोड अनुमोदन गरिएको छ। यी अनुमोदित परियोजनाहरूले कृषि क्षेत्रमा ₹ ७८,५९६ करोड कृषि क्षेत्रमा परिचालन गरिसकेको छ, जसमध्ये ₹ ७८,४३३ करोड निजी प्रतिष्ठानहरूबाट परिचालित गरिएको छ। यसका अतिरिक्त, एआइएफ अन्तर्गत अनुमोदित पूर्वाधार परियोजनाहरूले कृषि क्षेत्रमा ८.१९ लाख ग्रामीण रोजगार अवसर सिर्जना गर्न सहयोग गरेको छ। एआईएफ योजनाको कार्यक्षेत्रमा विस्तारले विकासलाई बढावा दिनका साथै उत्पादनशीलतामा सुधार ल्याउन, कृषि आमदानी बढाउन र देशमा समग्र कृषिको वहनीयतामा योगदान दिन परिलक्षित छ। यी उपायहरूले देशमा कृषि पूर्वाधारको सर्वव्यापी विकासको माध्यमद्वारा कृषि क्षेत्रमा सुधार ल्याउने सरकारको प्रतिबद्ध पनि रेखाङ्कित गर्दछ।









