सिलगढी: भाजपाले आज पूरै राज्यमा १२ घण्टाको बन्दको आह्वान गरेको छ। बन्दलाई सफल बनाउन भाजपाका कार्यकर्ता र समर्थक सडकमा उत्रिएका छन्। आज सिलगढी महानगरपालिकाको वार्ड नम्बर ४६ अन्तर्गत समर नगरको अटो स्ट्यान्ड नजिकै तनावको वातावरण देखिएको छ। सो क्रममा भाजपा र तृणमूल कार्यकर्ताहरु आपसमा झडप भएका थिए। तृणमूल कांग्रेसले भाजपाले जबरजस्ती पसलहरू बन्द गरिरहेको आरोप लगाएको छ। जसको जवाफमा उनीहरुले आन्दोलन गरिरहेका छन्।अर्कोतर्फ भाजपाले पसल आफैंले पसल बन्द गरेको आरोप लगाएको छ। तर तृणमूल कांग्रेसले धम्की दिँदै पसलेहरूलाई पसल खोल्न आग्रह गरिरहेको छ। जसका कारण दुवै पार्टीका कार्यकर्ताबीच झडप सुरु भएको थियो। यहाँ घटनाको जानकारी प्राप्त हुनासाथ प्रधाननगर पुलिस थानाको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई सामान्य बनायो।









