अन्तर कार्यालय फुटबल टुर्नामेन्ट: एयर फोर्स बागौरा र खरसाङ खण्ड विकास कार्यालय बिजयी

IMG-20240828-WA0246

खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल टुर्नामेन्ट अन्तर्गत पाँचौं दिनको खेलमा एयर फोर्स अनि खरसाङ खण्ड विकास कार्यालय बिजयी बनेको छ। खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर कार्यालय फुटबल टुर्नामेन्ट अन्तर्गत पहिलो खेल एयर फोर्स बाघगौडा र खरसाङ नगरपालिकामाझ सम्पन्न भएको थियो। उक्त खेलमा निर्धारित समयसम्म २-२ गोलको बराबरी रहेपछि भएको पेनाल्टी शुट आउटमा एयर फोर्स बिजयी बनेको छ। त्यसरी नै आज भएको दोस्रो खेलमा खण्ड विकास कार्यालयले दार्जिलिङ पोलिटेक्निक कलेजलाई ० गोलको विरुद्ध १ गोल गरेर परास्त गरेको छ। पराजित दलहरुलाई आयोजक समितिको पक्षबाट स्मृति चिन्ह पनि प्रदान गरियो।

आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रमोद प्रधान अनि सुरेन गुरुङ, सहायकहरु सुरेन गुरुङ अनि दावा डोमा, फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement