कोचबिहारमा बन्दको प्रभाव: भाजपाका दुई विधायक पक्राउ

IMG-20240828-WA0237

कोचबिहार: बुधबार राज्य भाजपाद्वारा आह्वान गरिएको १२ घण्टा बन्द भाजपाका  समर्थकहरु बिहानैदेखि बन्दको समर्थनमा सडकमा उत्रिए। यसै क्रममा कोचबिहारका विधायक निखिल रञ्जन डे र मालती राव रोय भाजपाले आह्वान गरेको १२ घण्टाको बन्दको समर्थनमा बिहानै सडकमा निस्किए। पुलिसले उनीहरुलाई कोचबिहारको बस स्ट्यान्ड क्षेत्रबाट पक्राउ गरेको समाचार छ। उत्तर बंगाल राज्य यातायात निगमका बसहरू बिहानैदेखि चलेका छन्। तर, निजी बस भने निकै कम चलेका छन्। नर्थ बेंगल स्टेट ट्रान्सपोर्ट कर्पोरेशनको बस रोकेर पुलिसले दुवै विधायकलाई पक्राउ गरेको समाचार छ। बन्दको प्रभाव कोचबिहार जिल्लामा देखिएको छ। पसल, निजी कार्यालय र विद्यालयहरू बन्द छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement