भाजपाको १२ घण्टे बन्द कालेबुङ बजार प्रभावित

IMG-20240828-WA0242

बन्दको समर्थनमा भाजपा अनि बन्दको विरोधमा भागोप्रमो सड़कमा

कालेबुङ: भारतीय जनता पार्टीले डाकेको राज्यव्यापी १२ घण्टा बन्दको पहाड़को सबैभन्दा बेसी असर कालेबुङमा परेको देखियो। बन्दमा बिहानको समय कालेबुङमा ८० प्रतिशत दोकान-पाटहरू बन्द रहेको बताइएको छ। बिहान कालेबुङबाट सिलगढीतर्फ जाने गाड़ीहरू कम देखिएको छ। गाड़ी कम भएपछि यात्रीहरूले धेरै असुविधा भोग्न परिरहेको पनि देखिएको छ। कालेबुङमा बन्दको समर्थनमा भारतीय जनता पार्टी र बन्दको विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू सड़कमा उत्रेका थिए। यसावधि बिहान कालेबुङमा तनावको माहोल सिर्जना भएको थियो। शान्ति श्रृंखला बनाई राख्नलाई कालेबुङमा व्यापक रूपमा पुलिस बल तैनाथ गरिएको थियो। बन्दको समर्थनमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान आफै सड़कमा उत्रेका थिए। उनीसितै कालेबुङका भाजपा कार्यकर्ताहरु पनि बन्दको समर्थनमा सड़कमा उत्रेका थिए।

बन्द समर्थक भाजपा पार्टी कार्यकर्ताहरुलाई पुलिस प्रशासनले सम्झाउने कार्य गरिरहेको पनि देखियो। यसको साथै बन्दको विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरू पनि सड़कमा उत्रेका थिए। भागोप्रमो कार्यकर्ताहरूले बन्द फ्री पहाड़ चाहान्छौं भन्दै सड़कमा उत्रेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement