आरजी कर दुष्कर्म-हत्या प्रकरणमा राष्ट्रपति द्रौपदी मुर्मुको प्रतिक्रिया

The President of India, Smt. Droupadi Murmu addresses to the Nation on the Eve of the 78th Independence Day via video message on August 14, 2024.

नयाँ दिल्ली: कोलकाताको आरजी कर मेडिकल अस्पतालमा जुनियर डाक्टरको दुष्कर्म र हत्या प्रकरणमा राष्ट्रपति द्रौपदी मुर्मुको बयान आएको छ। राष्ट्रपति मुर्मुले छोरीमाथि हुने यस्ता अपराध स्वीकार्य नहुने बताइन्। यस घटनामा राष्ट्रपतिले पहिलो पटक अभिव्यक्ति दिएकी हुन्। मुलुकमा महिला हिंसाका घटना बढ्दै गएको सन्दर्भमा उनले छोरी तथा दिदीबहिनीमाथि हुने यस्ता अत्याचार कुनै पनि सभ्य समाजले सहन नसक्ने बताइन्। यस घटनाको विरोधमा कोलकातामा विद्यार्थी, डाक्टर र नागरिकहरू आन्दोलन गरिरहेका थिए भने अपराधीहरू अन्यत्र घुमिरहेका थिए। उनले भनिन्, ‘अब धेरै भयो। समाजले इमान्दारसित आत्मसमीक्षा गर्नुपर्छ।‘ ९ अगस्तमा कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी महिला डाक्टरको शव फेला परेको थियो। यो घटनापछि आवासीय चिकित्सकमा आक्रोश बढ्दै गएको छ, र उनीहरु हडतालमा उत्रेका छन्। घटनामा संलग्न सञ्जय रोयलाई पुलिसले पक्राउ गरेको छ। मुद्दाले गति लिएपछि उच्च अदालतले घटनाको अनुसन्धान सीबीआईलाई दिएको छ। पछि सर्वोच्च अदालतले उक्त मुद्दाको स्वतः संज्ञान लिँदै सीबीआईलाई अहिलेसम्मको अनुसन्धानको प्रगति प्रतिवेदन बुझाउन आदेश दिएको थियो। त्यसपछि सीबीआईले अदालतमा स्टेटस रिपोर्ट पेश गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement