मिरिक: तृणमूल सरकार विरूद्ध आज भाजपाद्वरा डाकिएको १२ घण्टा बन्दकाे प्रभाव मिरिकमा पनि देखियाे। साताकाे प्रत्येक बुधबार मिरिक ब्यावसाय संगठनले साप्ताहिक बिदा पालन गर्ने हुनाले प्रत्येक बुधबार मिरिक बजारका पसलहरू बन्द हुने भएतापनि बन्दकाे प्रभाव यातायातमा परेकाे देखियाे। मिरिकबाट सिलगढी कुद्ने गाडीहरू कुदेन जसले गर्दा मानिसहरूकाे चहल पहल कम्ती देखियाे। यता दार्जिलिङगामी गाडीहरू सामान्य रूपमा चलेकाे देखियाे।बन्द डाकिएकाे अवधि यहाँकाे सरकारी, गैर सरकारी स्कूलहरूमा सधैं झैं पठन पाठन भएकाे देखियाे भने सरकारी गैर सरकारी कार्यालयहरू पनि खुल्ला रहेकाे थियाे।

यहाँकाे चियाकमानहरूमा पनि सधैं झैं काम भइरहेकाे देखियाे। यता सिलगढीबाट राज्य परिवहनको बस आएपछि बसमा मानिसहरूकाे भीड देखियाे।