भद्रपुर: मोरंगको विराटनगरमा निकालिएको रथयात्रामा चोरीसहित अवाञ्छित गतिविधिमा संलग्न आरोपमा १४३ जना प्रहरी नियन्त्रणमा परेका छन्। पक्राउ परेकामध्ये अझै ११ जनामाथि भने जांच भईरहेको छ।
मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भीडभाडमा चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ११ जना भारतीय नागरिक हुन्।
उनीहरुको गतिविधि निगरानी गरेर पक्राउ गरिएको हो। बाँकीलाई छोडिसकिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्। थुनामा रहेका ११ जनाको हकमा भने थप अनुसन्धान गर्ने प्रक्रिया हुनेछ।