भद्रपुर: अमेरिकामा अध्ययनरत २१ वर्षीया भाेजपुरकि युवती मुना पाण्डेको गो’लि हानी ह’त्या भएको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ। मुनाको आमा अनिता पाण्डेका अनुसार अमेरिकी नागरिकसँग मुना प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेकी थिइन्। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी आफ्नै घरमा मृत भेटिएकी थिइन्। होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गो’ली प्र’हार भएको बताएको छ।










